कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

महेन्द्रनगर–कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट तरकारी ल्याई घर फर्कने क्रममा चट्याङ लागेर २४ वर्षीय लालमती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीले जानकारी दिए ।

 

उनका अनुसार आइतबार बिहान घर नजिकै रहेको तरकारी बारीबाट तरकारी ल्याई घर फर्कने क्रममा चट्याङ पर्दा लालमती रानाको घटनास्थलमा नै मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका उनका २५ वर्षीय श्रीमान रतनसिंह रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

You might also like