डडेल्धुरा–मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौबुँदे माग स्वीकृत गरेको छ। यससँगै शिक्षकको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो। बिहीबारदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।