
काठमाण्डौ-वातावरणको क्षेत्रमा काम गरीरहेको सी.के. रिर्सच एण्ड ग्रिनरी प्रमोसन प्राइभेट लिमिटेडले आज नयाँ वर्षको अवसरमा शुभकामना आदन प्रदान तथा मायाको चिनो हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोछ ।
बागमती प्रदेश सभा माननिय उपसभामुख अप्सरा चापागाँईको प्रमुख आतिथ्यतामा आज शनिबार आयोजना भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा उपस्थीत सम्पूर्ण अतीथिहरुले नयाँ वर्षको अवसरमा शुभकामनाका साथसाथै आफनो विगतको अनुभव आदनप्रदान गरेका थिए ।
मुख्य रुपमा वन, वातावरण, प्राकृतीक श्रोत साधनको संरक्षण र सम्बद्र्धनको क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका विभिन्न विशिष्ट व्यक्ति व्यक्तित्वको सहभागिता कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सी.के. रिर्सच एण्ड ग्रिनरी प्रमोसन प्रा.ली.का अध्यक्ष छिन्डुम मेनक्पा भोटेले बढ्दो बसाईसराई र पलायनले गाँउ रित्तिन थालेको र त्यसले हाम्रा गाँउ घर विस्तारै खण्डहरमा परिणत हुन थालेकाले त्यसै समस्यानको समाधान गर्न आफ्नो संस्थाले प्लान्टेसनको काम गर्ने मुख्य अभिप्रायले संस्था स्थापना भएको बताए ।
सी.के. रिर्सच एण्ड ग्रिनरी प्रमोसन प्रा.ली.ले गत वर्ष सुदुरपश्चिममा डडेल्धुरा देखी खप्तड सम्मको साइकल यात्राको सफल आयोजना गरेको थियो भने वन, वातावरण, प्राकृतीक श्रोत साधनको संरक्षण को क्षेत्रमा धेरै काम गरिरहेको छ ।
