डडेल्धुराको घटाल थानमा विशु जाँत सम्पन्न

डडेल्धुरा-जिल्लाको अमरगढी नगरपालिका–३, डोटीखोलामा रहेको यस क्षेत्र कै प्रमुख धार्मिक स्थलको रुपमा चिनिने घटाल थानमा आज विशु जात धुमधाम संग मनाईएकोछ ।

हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विशु जात विशेष धार्मिक श्रद्धाका साथ भव्य रूपमा मनाउने परम्परा रहेको छ। डोटीखोला आसपासका गाउँ, सदरमुकाम खलंगा, छिमेकी जिल्ला कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्लाबाट समेत हजारौं भक्तजनहरु घटाल थानमा उपस्थित हुने गर्छन्।
विशु जातका दिन घटाल बाबाको पूजाआजा गर्दै धामीमार्फत अक्षता र प्रसाद लिने परम्परा रहिआएको छ।
विशु जातको अघिल्लो दिन चम्सालस्थित देवघरबाट देउताको देउरो घटाल थानमा ल्याइने चलन छ।

स्थानीयहरूका अनुसार, विशेष गरी टाढा रहेका मानिसहरू समेत विशु जातको अवसरमा घर फर्केर मेला सहभागी हुने गर्छन्। धार्मिक मान्यताअनुसार, द्वापरयुगको धर्मयुद्धमा भीमपुत्र घटोत्कचको पराक्रमले श्रीकृष्णबाट कलियुगमा भगवानको रूपमा पूजिने वरदान पाएको विश्वास छ।

You might also like