डोटीको बडिकेदारधाममा लिङ्गपुराण महायज्ञ हुने

डडेल्धुरा—डोटी को ठुलाकेदार अर्थात बडिकेदारमा लिङ्ग पुराण महायज्ञ आयोजना हुने भएको छ ।

डोटिको बडीकेदार गाउँपालिका वडा –५मा रहेको धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धार्मिक शक्तिपीठमा मिति २०८२ बैशाख २२ गते देखि २८ गते सम्म संचालन गरीने भएको हो ।


कोरोना कालमा ठुलाकेदार धाम संग यस क्षेत्रमा मानबिय क्षती नहोस भनी ठुला केदार प्रती आस्थावान सम्पुर्ण स्थानियहरुको भाकल भएकाले ठुलाकेदार धाममा “लिङ्गपुराण महायज्ञ संचालन गरीन लागेको बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताउनुभयो ।

साथै सो लिङ्गपुराण महायज्ञमा सरिक भईदिन सम्पूर्ण श्रद्धालु भक्तजन, धार्मिक गुरु, साधु सन्त, ठुला केदारप्रति आस्थावान तथा चितपरिचित सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुमा हार्दिक आमन्त्रण गरीएको पनि कार्यकारी अधिकृत सिराडीले बताउनुभयो ।

 

You might also like