पूर्व गृहमन्त्री रवी लामिछाने जेल चलान

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो । आइतबार सरकारी बिदाका कारण उनलाई प्रहरीको हिरासतमै राखिएको थियो । सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो ।

You might also like