डडेल्धुरामा देशभक्त युवाको मोटर साईकल रयाली

डडेल्धुरा-आज डडेल्धुराका देशभक्त युवा नामक युवाहरुको समुहले सरकार विरुद्ध विभिन्न नारा लगाउदै मोटर साइकल र्यालीको आयोजना गरेका छन् ।
देश प्रेमी युवा समुहले डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.७ स्थित उग्रतारा मन्दिर बाट डडेल्धुरा बसपार्क नजिक चालिस बजार हुदै तुफानडाँडा चोक सम्मको मोटरसाईकल रयालीको आयोजना गरेका हुन ।
पछिल्लो समय देशमा सरकारले गरिरहेको गलत गतिविधि, अन्याय , अत्याचार र भ्रष्टाचारका विरुद्ध एकजुट हुन अनुरोध का साथ विभिन्न नारा लगाउदै रयाली सम्पन्न गरिएको कार्यक्रम संयोजक मदन बोहरा एमबी ले बताउनु भयो ।

You might also like