डडेल्धुरा-डडेल्धुराको शैलेश्वर धाममा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आज वाट सुरु भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका ७ र ८ तथा नवदुर्गा गाउँपालिकाको वडा नं- १ को संगमस्थलमा रहेको शैलेश्वर धाममा आज विधिवत रुपमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सुरुवात भएको हो ।
कलशयात्रा पश्चात ज्योतिष पण्डित व्यास जयप्रशाद जोशी तथा अन्य ब्राहमण, सन्त महन्तबाट महायज्ञको समुद्घाटन गरिएको थियो ।
महायज्ञमा कथाबाचन, प्रवचनसंगै एक हजार शालिग्रामको दर्शन, देवमाता नौमुठे गाईमाताको दर्शन, जग्गादान, तुलादान लगायतका कार्यक्रमहरु रहेको आयोजकले बताएको छ ।
नेपालमा सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने शैलेश्वर धाममा आज देखी सुरु भएको अतिरुद्र विश्वकल्याण विराट महायज्ञ नेपालमा यो भन्दा पहिले ३ पटक मात्र आयोजना गरिएको र यो चौथो पटक आयोजना गर्न लागिएको शैलेश्वर महादेव भूमिराज मसानी क्षेत्रविकास समितिका अध्यक्ष एवं अमरगढी नगरपालिका ७ का अध्यक्ष खडक बोहराले जानकारी दिनुभयो ।
आज देखी सुरु भएको महायज्ञको समापन चैत् ३० गते गरिने छ ।

You might also like