डडेल्धुरा-कलेजोको जटिल समस्या बाट ग्रसित डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ का प्रदिप नगरकोटीको उपचारका लागी अमेरीकामा संकलन गरिएको रकम प्रदिपको परिवार लाई हतान्तरण गरिएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.२ जन्म घर भई हाल अमेरीकाको टेक्सासमा बस्ने डा.दिपक राज जोशीले झिल्को न्यूज डट कमको अनुरोधमा गो फन्ड मि नामक चन्दा संकलन गर्ने प्लेटफर्म बाट प्रदिप नगरकोटीको लागी संकलन गरिएको नेपाली रुपैया १ लाख १७ हजार ३ सय २३ रुपैया डा.जोशीको भाई मुकेश जोशीले काठमाण्डौमा प्रदिपका श्रीमती यसोदा देउवालाई हस्तान्तरण गरेका हुन ।
कलेजो खराव भई कलेजो प्रत्यारोपणका लागी शिक्षण अस्पताल महाराजगंजमा पालो कुरेर बसेका प्रदिप नगरकोटी आर्थिक अभावका कारण उपचार अगाढी बढाउन सकिरहेका छैनन् ।
प्रदिपका लागी उनको श्रीमती कलेजो दिन तयार भए पनि कलेजो प्रत्यारोपणका लागी आवश्यक पर्ने ३० देखी ३५ लाख जुटाउन नसक्दा आर्थिक सहयोगका लागी गुहार मागेको प्रदिपका श्रीमती यसोदा देउवाले बताइन ।
मान्छेको जिवनमा समस्या जहिले पर्न सक्छ त्यसैले आफुहरु बिदेशमा बसे पनि सामाजिक उत्तरदायीत्व निभाउन अमेरीका बस्ने केही साथीहरु मिलेर प्रदिपको लागी रकम संकलन गरिएको डा.दिपक राज जोशीले बताए र यस अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरु लाई डा.जोशीले धन्यवाद व्यक्त गरे ।
आफ्नो श्रीमानको उपचारमा देश बाहीर बसेर पनि सहयोग गर्नु भएकोमा यसोदा देउवाले सहयोगी लाई धन्यवाद व्यक्त गरेका छन् ।
शिक्षण अस्पतालले केलजो प्रत्यारोपणका लागी फागुन २३ गतेको समय दिए पनि रकम जम्मा गर्न नसक्दा निर्धारित समयमा शल्यक्रिया हुन सकेन भने चिकित्सकले जति सक्दो चाडो कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएको छ ।
४० वर्षिय प्रदिप नगरकोटी डडेल्धुरा जिल्लाको तर्फ बाट थुप्रै क्रिकेट प्रतियोगिता खेलेका खेलाडी हुन । उनको ११ वर्षिय छोरा छ ।
विदेशमा बस्ने साथीहरुले क्रेडिट कार्डको प्रयोग गरी गो फन्ड मि मार्फत सहयोग गर्न तलको लिंक प्रयोग गर्न सक्नुहुन्छ ।
https://www.gofundme.com/f/help-pradeep-nagarkoti-get-a-lifesaving-liver-transplant