राजतन्त्र फर्काउन गठित संयुक्त जनआन्दोलन समितिका कमाण्डर सुवेदी र विपी कांग्रेसका नेता मल्लबीच भेटवार्ता
डडेल्धुरा–नेपालमा राजतन्त्र पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कमाण्डर नवराज सुवदीसँग आईतबार नेपाली कांगेस (विपी) का नेता कर्णबहादुर मल्लको भेटवार्ता भएको छ ।
हाल गृहजिल्ला डडेल्धुरामा पार्टीको संगठन विस्तारमा क्रियासिल विपी कांग्रेसका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार मल्ललाई सुवेदीले फोन गरेर वार्ताका लागि राजधानी आउन आग्रह गरेका थिए ।
आईतबार राजधानीमा सुवेदीसँग भेटवार्ता भएको नेता मल्लले जानकारी दिए । उनले राजतन्त्र पुर्नस्थापनाको आन्दोलनमा सहभागी हुन सुवेदीले आग्रह गरेको बताए ।
नेपाली कांग्रेस (विपी) ले जननायक विश्वेश्वरप्रसाद कोइराला र सन्तनेता कृष्णप्रसाद भट्टराईको विचार र आर्दशलाई आत्मसात गरिरहेकाले हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको आन्दोलनमा सहभागी हुनुपर्ने भन्दै सुवेदीले आग्रह गरेका थिए ।
मुलुकमा विषम राजनीतिक परिस्थिति सिर्जना भएको भन्दै सुवेदीले सम्पुर्ण राष्ट्रभक्तहरु एक ठाउँमा उभिनु आवश्यक रहेकाले विपी कांग्रेसले संवैधानिक राजतन्त्र, संघीयताको खारेजी र हिन्दुराष्ट्रका पक्षमा उभिन आवश्यक रहेको बताएका थिए ।
भेटवार्ताका क्रममा आफुले सो विषयमा पार्टीमा छलफल गरेर मात्रै जवाफ दिने नेता मल्लले बताएको सुवेदीले जानकारी दिए । पछिल्लो राजनीतिक परिवेशका बारेमा छलफल गर्न नेपाली कांग्रेस (विपी) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको र बैठकले लिएको निर्णयअनुसार अघि बढ्ने नेता मल्लले जानकारी दिए ।
२०७४ सालमा नेपाली कांग्रेसका केहि इमान्दार नेताहरुको पहलमा नेपाली कांग्रेस (विपी) गठन गरिएको स्मरणगर्दै नेता मल्लले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका पक्षमा विपी कांग्रेस अनवरत प्रयत्नसिल रहने बताए ।