सकसपछिको संघर्षबाट सफलताको स्वाद चाखेकाः खडक महता

ममता भट्ट
आजभोली बिद्याथीहरु गाउँमा छैनन् । गाउँलेहरु सहरिया भईसके सामुदायिक बिद्यालयकोे विशेषता भुलिसकेका छन् । गाउँलेहरुले गाउँले भन्न र सामुदायिक बिद्यालयमा पढ्छन छोरा छोरी भन्न लजाउन थालेका छन । घ्यू बेचेर कपि कलम किनेर पढाउने हरु पेप्सी किनेर खुवाउदै सस्थागत बिद्यालयमा पठाउन थालेका छन ।
हो, यो देख्दा, अनुभव र महसुस गर्दा कत्ति नमिठो लाग्छ शिक्षा विकास तथा समन्वय ईकाइ डडेल्धुराका प्रमुख खड्कबहादुर महतालाई, अब सामुदायिक बिद्यालयहरुले सस्थागतको सिको होईन सामुदायिक बिद्यालय नै बनाउने अभियानमा जुटेका छन् उनी ।


भनिन्छ नी, ‘कुनै पनि व्यक्तिको खराब कुरा गर्नु मानिसको प्रवृत्ति हो । तर, खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।’ यही भित्र रहेर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्थर सुधारकोलागि पहल गरीरहेका छन प्रमुख महता । जसलाई उनले आफ्नो जिम्मेवारी र शिक्षा प्रतिको बफादारिता ठानेका छन् ।
‘हामीले शिक्षकलाई मोटिभेसन गर्न जरुरी छ, कागले कान लग्यो भनेर कान नछामेर कागको पछि लाग्ने जमात ठूलो छ, यो प्रवृतिको अन्त्य गर्न जरुरी छ, अब स्थानिय सरकार र हामि सबै मिलेर शिक्षा क्षेत्रलाई प्रभाबकारी बनाउन आवश्यक रहेको उनले बताए ।
अजयमेरु गाउँपालिका चिपुरको हुरामा जन्मेका महताले नै अहिले आफ्नो गृह जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइको नेत्तृत्व गरिरहेका छन । उमेरले ३२ पुगेका महता सानैदेखि केही पृथक काम गर्नु पर्छ, समाज परिवर्तन गर्नु पर्छ भन्ने सोच बोकेका उनी अहिले पनि सोही सोच बोकेर अगाडि बढिरहेका छन् ।
उनी भन्छन्, एउटा असल प्रसाशक बन्ने मेरो लक्ष्य हो सकारात्मक दृष्टिकोण राखेर मेहनत गरियो भने एकदिन अवश्य नै सफल भइन्छ ।’ डडेल्धुरा जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका महताभित्रको राष्ट शेवाको भोक सानैदेखि भएको सुनाउँछन्।
सानैदेखि संघर्ष गर्नु पर्छ भन्ने कुरा मनन् गरें, सामान्य परिवारमा जन्मेर पनि पढ्नु पर्छ भन्ने मानसिकताका साथ अगाडि बढें,’ उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘मान्छेमा इच्छाशक्ति छ भने अभावले नछेक्ने रहेछ ।’ पढ्ने बेलाको एउटा तितो अनुभब सुनाउदै भाबुक भएर भने कोठामा चामल सकिएको थियो आफ्नो खातामा एक हजार रुपया थियो भनेर ढुक्क भएर चेक लगेर बैङक जाने बेला जम्मा ५२ रुपैँया मात्र भए पछि त्यहि चेक सच्याएर चेक साटे त्यतिको मात्रै चामल किनेर फर्के ।

महताले विद्यालय तहको पढाइ गाउँमै पुरा गरे । त्यो बेला आधारभूत आवश्यकताहरु पुरा गर्न पनि सकस हुन्थ्यो । शिक्षा, स्वास्थ्य र यातायातको त ठूलो अभाव थियो । त्यो अभावका बिच पनि पढ्नुपर्छ भन्ने मानसिकताका साथ उनी लागि रहे । उनले गाउँमै रहेको मणिलेक माबिमा कक्षा एक देखि १० सम्म र देबल दिब्यपुर विद्यालयबाट कक्षा १२ सम्मको पढाइ पूरा गरे भने ब्याचुलर देखि डिग्री सम्मको पढाइ कन्चनपुर देखि पूरा गरे ।

उनलाई अझै पढ्नुपर्छ भन्ने भोक मरेन । सामान्य परिवेशमा हुर्केका महता पढ्नका लागि निकै संघर्ष गर्नु परेको सुनाउँछन् । महताले वि.सं. २०६५ सालमा एसएलसी हालको एसईई पास गरे । एसएलसी पास गरे पश्चात् सहरमा पढ्ने उनको सपना थियो । तर, घरको आर्थिक अवस्था कमजोर भएकै कारण गाउँबाटै कक्षा १२ पास गरे । त्यसपछि पढ्नकै लागि कमाउनु पर्ने बाध्यता आइलाग्यो उनलाई । बारीमा उब्जिएको अन्नले घरपरिवार चल्थ्यो । तर, पढ्न र उपचारका लागि भने पैसाको अभाव थियो । उनी भन्छन्, ‘घरमा कोही बिरामी भयो भने पनि उपचारको लागि कसरी पैसा जोहो गर्ने भन्ने चिन्ता थियो ।’ तर, आमाबुवाले भने पढ्नु पर्छ भनेर सल्लाह दिइरहने गरेको उनी स्मरण गर्छन् ।
भारतमा ३ महिना काम
पढ्नैका लागि भएपनि उनले कमाउनु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमै काम गर्नका लागि कुनै अवसर थिएन । गाउँघर-घरछिमेका आफन्तहरु रोजगारीका लागि भारत जान्थे । भारतबाट कमाएको पैसाले नै परिवार चल्थ्यो । जुन अभ्यास अहिले पनि चलिरहेको छ । महताले पनि भारत जाने निधो गरे ।
कक्षा १२ को परीक्षा दिएका उनी कामको सिलसिलामा भारत होमिए । आफन्तहरुसँग भारत पुगेर होटेलमा काम लागे उनको तलब महिनाको ६ हजार थियो । पैसा कमाएर पढ्ने सपना बोकेका उनले त्यहाँ ३ महिना काम गरे । नेपालीहरुले भारतमा भोगिरहेको समस्या र गरिरहेको संघर्ष उनले नजिकबाट नियाले, अनुभव गरे ।
उनको पढ्ने सपना थियो । भारतमा ३ महिना काम गरेको पैसा बोकेर नेपाल फर्किए । ‘भारतबाट फर्किएपछि गाउँमा समय बिताउन मन लागेन, भारतबाट ल्याएको पैसा लिएर महेन्द्रनगर कन्चनपुर हिडे , उनी थप्छन्, ‘सहरमा सहजै रुपमा बस्न कहाँ सजिलो रहेछ र ।’
उनलाई भारतबाट ल्याएको पैसाले महेन्द्रनगरमा खान बस्न र कोठा भाडा तिर्न पनि नपुग्ने भयो । त्यसपछि बिभिन्न सस्थागत बिद्यालयमा शिक्षण सुरु गरे र पढ्दै कमाउदै डिग्रि गरे ।


उनको मनले लक्ष्य समाउदै उनलाई भन्यो, ‘फेरि काठमाडौं जाउ ।’ परराष्ट मन्त्रालयको अफिसर भन्ने लक्ष्य बोकेर लोकसेवाको तयारी गर्न काठमाण्डौ पुगे र रातदिन पढ्ने र संग सगै आफ्नोलागि कमाउन थाले । अंगे्रजी विषयमा स्नातकोत्तर पनि गरें,’ उनी भन्छन्, अभावले मान्छेलाई धेरै सिकाउने रहेछ, संघर्ष गर्न सिकाउँदो रहेछ ।’उनको नेतृत्वमाथि धेरैले अपेक्षा पनि गरेका छन् ।
दिनप्रतिदिन विदेशिरहेका युवाहरुलाई उनी स्वदेशमै रोजगारीको अवसर छ, तर अलि मेहनेत बढि गर्नुपर्छ उनि भन्छन। अलिकति सक्षम हुदै जान थालेपछि युवा श्रम गर्न तयार हुँदैन तर काम पाइएन भनेर हिँडेको देखिन्छ, अहिले युवाहरुलाई काम गर्ने वातावरण पालिकाहरुले पनि निर्माण गरिरहेका छन , युवाहरुले एक लक्ष लिएर मेहनत गर्नु पर्छ नभए उद्यमी बन्नु पर्छ, उनी भन्छन् ।

You might also like