डडेल्धुरा-सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । रानाथारु समुदायहरुले मनाउने परम्परागत खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अमोद दहालका अनुसार मन्त्रिपरिषदले निर्णय गरेपछी प्रदेश राजपत्रमा नै चैत्र ८ गते विदा रहेको उल्लेख छ ।
रानाथारु समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वको रुपमा मनाउने गर्दछन् ।
आफ्नो समुदायका नागरीकहरुको दिर्घायु, सुस्वास्थ्यका लाग गाउँ वाहिर गएर परम्परागत शैलीमा पुजा गर्ने चलन रहेको छ ।