डडेल्धुरा-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर को टिम विजयी भएका छन्।
ऐरले १८४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी संयुक्त प्यानलका मदनबहादुर बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए।
यहाँ ऐरको नेतृत्वमा लडेको सिंगो प्यानलनै विजयी भएको हो।
५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको थियोे।
नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को समर्थन रहेको थियो।