डडेल्धुरा-डडेल्धुरा स्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लागि भएको मतदान सम्पन्न भएको छ ।
पाँच सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ भने तीन सय ७३ मत खसेको छ ।
स्ववियुको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ ।
सभापतिका लागी संयुक्त प्यानलको तर्फ बाट नेपाल विद्यार्थी संघ (वीपी) का मदन बोहरा चुनावी मैदानमा छन् । यस्तै, कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा छ ।
निर्वाचन समितिका अनुसार मतगणना आजै सुरु गरिने छ ।