नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त

काठमाडौं-नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट विदा भएपछि थापालाई नियुक्त गरिएको हो ।

हाल उनी केन्द्रीय अनुसन्धान व्युरो प्रमुख छन् । थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा थिए ।
एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका कारण एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका थापा नै आईजीपी बनेका हुन् ।

You might also like