बसन्त ऋतुको आगमन संगै सुदूरपश्चिमका पहाडि जिल्लाका बनहरु ढकमक्क गुँरासले सजिएका छन् ।
पछिल्लो समय सुदूरपश्चिमका पहाडि जिल्लाका राजमार्गमा यात्रा गर्ने यात्रुहरुका लागी ढकमक्क फुलेका लालीगुराँसले स्वागत गरिरहेको जस्तो आभाष दिलाईरहेको छ ।
राजमार्ग मात्र होईन सुदूरपश्चिमका डाडाकाडामा रहेका पदमार्गहरुमा फुलेका गुराँसले विशिष्ट व्यक्तिको स्वागत गर्न बसेको झै अनुभुती दिलाईरहेको छ ।
सुदूरपश्चिममा एकिन कति प्रजातीका गुराँसहरु फुल्दछन ? भन्ने जानकारी नभए पनि नेपालमा ३३ प्रजातीका गुराँस फुल्ने तथ्य अभिलेखीकरण गरिएको छ ।
सरदर फागुन देखी जेष्ठ महिना सम्मको समयलाई गुराँस फुल्ने उपयुक्त समयको रुपमा मानिए पनि पछिल्लो समय जलवायू परिवर्तनका कारण मंसिर महिनामै पनि गुराँस फुल्ने गरेको भेटिन्छ भने कुनै समय निकै कम गुराँस फुल्ने गरेको पाईन्छ ।
पूर्व पाचथर सुखेपोखरीका महिलाहरु गुराँस बाट उत्पादन हुने पेय पर्दाथ वजारको माग अनुसार उत्पादन गर्न नसकिरहेको बताउदा यताका जंगलमा गुराँसहरु भुईमा सुकिरहेका छन् ।
केही समय पहिले डडेल्धुरामा उत्पादन गरिएका गुराँसको जुस डडेल्धुरा उद्योग बाणिज्य संघले चितवन काठमाण्डौका बजार सम्म विक्रि गरिदिएको थियो तर राज्यको उचित नीति नियम नहुदा उत्पादन बन्द भएको उद्योग बाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावल बताउछन् ।
गुरास बाट अचार तथा सर्वत का साथै अन्य पेय पदार्थ पनि बनाउन सकिन्छ । गुराँसका पात, बोक्रा र फुल मानिस तथा घरपालुवा जनावरका लागी औषधीका रुपमा प्रयोग गरिन्छ ।
ताप्लेजुंग, संखुवासभा र तेह्थुम जिल्लाको संगम स्थल तिनजुरे, मिल्के र जलजले लाई गुराँसकै कारण पर्यटकिय स्थलको रुपमा विकास गरिएको छ । टिएमजे नामले चिनिने उक्त क्षेत्रमा गुराँस हेर्नकै लागी बार्षिक लाखौ आन्तरिक तथा वाह्य पर्यटकहरु पुगिरहेका हुन्छन् । सुदूरपश्चिमका पहाडि जिल्ला लाई पनि यो सिजनमा गुराँस लाई पर्यटन संग जोड्न सकिने डडेल्धुराका होटल व्यवसायी अध्यक्ष दान बहादुर भण्डारी बताउछन ।
वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले २०७५ देखी २०८० सम्मका लागी “गुराँस संरक्षण कार्ययोजना” तयार गरेको छ । कार्ययोजनामा नेपालको ४३ जिल्लामा गुराँस फुल्ने र नेपालको कुल बन क्षेत्रको १० प्रतिसत बन क्षेत्रमा गुराँस फुल्ने उल्लेख गरिएको छ ।
सुदूरपश्चिममा गुराँसको बारेमा कुनै विषेश योजना का साथै अध्ययन नभएको हुदा अध्ययन गर्न आवश्यक रहेको डिभिजनल बन कार्यालय डडेल्धुराका वरिष्ठ डिभिजनल बन अधिकृत भिष्म प्रसाद कडेलले बताउनुभयो ।
रोप्नु पनि नपर्ने, स्याहार गर्नु पनि नपर्ने, मलजल हाल्न पनि नपर्ने, आफै फुल्ने अनी आफै हुर्कने फुल लाली गुराँसको समुचित प्रयोग गरि हरेक वर्ष आर्थिक रुपमा निकै फाइदा लिन सकिने हुदा सुदूरपश्चिममा गुराँसको उचित प्रयोगका लागी योजना तथा नीतिहरु बन्न आवश्यक देखिन्छ ।