डडेल्धुरा-यहि चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा प्रतिस्पर्धामा रहेको संयुक्त प्यानलले आज पत्रकार सम्मलेन गर्दै आफ्नो धारणा राखेको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववीयू, नेकपा माओवादी निकट क्रान्किारी र विपि कांग्रस निकटको नेबि संघ विपि संयुक्त प्यानल बनाई चुनावि मैदानमा होमिएका छन् ।
पत्रकार सम्मेलनमा आफ्नो प्यानलको धारणा राख्दै यो निर्वाचनमा तिन विद्यार्थि संगठन कुनै पनि विद्यार्थि संगठन लाई पराजय गर्नेका लागी नबनेको बताउदै क्याम्पसको समग्र विकासका लागी बनेको बताए ।
विपि कांगेस निकट नेबि संघ विपिका जिल्ला अध्यक्ष मदन बोहराको नेतृत्वमा ३ विद्यार्थि संगठनका १५ जना विद्यार्थि संयुक्त प्यानलको तर्फ बाट निर्वाचन लडिरहेका छन् ।
पत्रकार सम्मेलनमा संयुक्त प्यानलको तर्फ बाट विद्यार्थि नेताहरुले आफ्नो विचार राख्दै निश्पक्ष, पारदर्शि र विद्यार्थिमैत्री व्यवस्थापनका लागी प्रतिवद्धताका साथ निर्वाचनमा संयुक्त रुपमा भाग लिने निर्णय गरेको बताएका थिए ।