डडेल्धुरा क्याम्पसमा स्ववियु चुनावः संयुक्त प्यानल बाट मदन बोहरा भिड्दै

डडेल्धुरा-डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने ठानिएको प्रतिस्पद्र्धामा संयुक्त प्यानलको तर्फ बाट मदन बोहरा(एम.बी) को टिमले उम्मेदवारी दर्ता गराएको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

वीपी काँग्रेस निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।


आज सम्पन्न भएको उम्मेदवारी दर्ता कार्यक्रममा डडेल्धुरा बाट २०७९ मा प्रतिनिधि सभाका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदश्य कर्ण बहादुर मल्ल, विपि काग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति करुणाकर भट्ट, विपि काग्रेसका नेता हरि प्रसा भट्ट लगायत अन्य पार्टिका नेताहरु ले टिका तथा बाजागाजा सहित शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख तीन उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन् भने संयुक्त प्यानलका उम्मेदवार बोहरा जिल्ला सदरमुकाममा अध्ययनका साथै शैक्षिक संस्था सञ्चालन गरिरहेका छन् ।

You might also like