डडेल्धुरा-रंगको पर्व भनेर चिनिने फागु पर्व लाई डडेल्धुराको एक विद्यालयले शैक्षिक सुधारका लागी मनाइरहेको छ ।
जिल्लाको परशुराम नगरपालिका वडा नं.३ सिमल्टा स्थित श्री जनज्योती प्राथमिक विद्यालयले यो वर्षको फागु पूर्णिमा विद्यालयको शैक्षिक सुधारको लागी समर्पित गरेको छ ।
विद्यालयले यो वर्ष फागु पर्व अर्थात होली खेलेर विद्यालयमा गरिव, विपन्न र जेहेन्दार विद्यार्थिका लागी छात्रबृतिका लागी अक्षयकोष स्थापना, र वाल कक्षा लाई वालमैत्री कक्षा बनाउनका लागी सहयोग जुटाउने उद्देश्य सहीत होली मनाइरहेको छ ।
होली पर्व मनाउनका लागी आवश्यक पने सामाग्री सहित विभिन्न व्यक्तित्वको सहयोग जुटिरहेको र अक्षयकोष स्थापना र वालमैत्रीकक्षा स्थापना गर्ने अभियानमा नैतिक, भौतिक र आर्थिक रुपले सहयोग गर्न विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीले अनुरोध गर्नुभएको छ ।