डडेल्धुरा–सुदूरपश्चिममा पहिलो पटक डडेल्धुरामा तरकारीको हाईब्रिड विउ उत्पादन सुरु गरिएको छ ।
डडेल्धुरा स्थित तरकारी जर्मप्लाज्म सम्वद्र्धन तथा विउ उत्पादन केन्द्र्रको फर्ममा यो वर्ष बाट हाईब्रिड बिउ उत्पादन थालिएको हो ।

मुल बिउ उत्पादन गर्ने उद्देश्यका साथ बिक्रम सम्वत २०४३ सालमा स्थापना भएको विउ उत्पादन केन्द्रमा यो वर्ष देखी हाईब्रिड बिउ उत्पादन थालिएको हो ।
फर्ममा विभिन्न तरकारीका मुल बिउ संगै यो वर्ष बाट श्रृजना जातको टमाटर र मधु जातको काक्राको हाईब्रिड बिउ उत्पादन थालिएको हो ।
यस वर्ष टमाटरको बिउ १० देखी १२ केजी सम्म र काक्राको विउ १० देखी १२ केजी सम्म उत्पादन हुने अनुमान राखिएको र उत्पादन भएको बिउ स्थानिय स्तर र सुदूरपश्चिमका अन्य जिल्लामा विक्रि गर्ने योजना रहेको बिउ उत्पादन केन्द्रका प्रमुख तारि सिँह ठकुराठीले बताउनु भयो ।
सुदूरपश्चिममा पहिलो पटक उत्पादन सुरु गरिए पनि अन्य प्रदेशहरुमा भने सरकारी फर्महरुमा हाईब्रिड बिउ उत्पादन भइरहेको केन्द्रका प्रमुख तारि सिँह ठकुराठीले बताउनु भयो ।
