डडेल्धुरा-जिल्लाको नवदुर्गा गाउँपालिकाले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउने भएको छ ।
फागुन २४ गते १५५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रमको साथ मनाइने गाउँपालिकाका उपाध्यक्ष निर्मला कुमारी बोगटी (बिष्ट) ले बताउनु भयो । ‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने छ। नवदुर्गा गाउँपालिका महिला तथा बालबालिका विकास शाखाको आयोजनामा गाउँपालिकाको कार्यालय प्राङ्गणमा कार्यक्रम हुने जनाईएको छ ।
दिवसको अवसरमा पालिका भित्रका २ सय बढी एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम र देउडा प्रतियोगिताको आयोजना गरिनेछ । एकल महिलाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न कार्यक्रमको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। साथै, देउडा प्रतियोगितामा सहभागी हुन सबैलाई आमन्त्रित गरिएको छ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू र बुद्धिजीवीहरूको उपस्थिती रहने अपेक्षा गरिएको छ। महिला अधिकार, समानता र सशक्तिकरणको महत्वलाई सम्मान गर्दै सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।