डडेल्धुरा-डडेल्धुराको प्रशिद्ध धार्मिक स्थल परशुरामधाममा दोस्रो संस्करणको साहित्य महोत्सबको उद्घाटन आज हुदैछ ।
परशुराम नगरपालिकाले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन गृह मन्त्री रमेश लेखकले गर्नुहुनेछ ।
कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने अपेक्षा लिएको यो महोत्सवले स्थानीय कला, संस्कृति तथा साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए।

महोत्सवमा विभिन्न विषयहरूमा गहन छलफल हुनेछ । सुदूरका सुइना,खेल संसारः अर्थतन्त्र, पर्यटन र कूटनीति,खोजिन बाँकी इतिहास,लेखिन बाँकी गीत,इजाइन कि कुरणी,संस्कृति, राजनीतिः देखाइ र भोगाइ,डिजिटल युगका युवा, संस्कार र शिक्षा,गजल गंगा, कविता बहानी, काव्य संध्या लगायका विधाहरुमा गहन छलफल हुनेछन् ।
महोत्सवमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
