डडेल्धुराको सहायक प्रमुख जिल्ला अधिकारीमा रोक्का

डडेल्धुरा–गृह मन्त्रालयले डडेल्धुरा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा हर्षबहादुर रोक्कालाई सरुवा गरेको छ ।
जिल्लाको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोक्कालाई केहि महिना पहिले बझाङको सुर्मा गाउँपालिका सरुवा गरेको समान्य प्रशासन मन्त्रालयले मापदण्ड विपरित सरुवा गरिएको भन्दै विरोध भएपछि गृहमन्त्रालय सरुवा गरेको थियो ।

गृहमन्त्रालयले रोक्कालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर डडेल्धुरा पठाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारीमा रुपमा रोक्काले बुधबार हाजिर भएर कामकाज शुरु गर्ने बताएका छन । लामो समय शिक्षण पेशामा संलग्न भई जिल्ला प्रशासन कार्यालय डडेल्धुराको लेखापालका रुपमा निजामति सेवामा प्रवेश गरेका रोक्काले लोकसेवा आयोगले लिएको परीक्षामा प्रशासनतर्फ शाखा अधिकृतमा उत्तिर्ण भएपछि डडेल्धुराको आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र यातायात व्यवस्था कार्यालय डडेल्धुराको प्रमुखका रुपमा कामकाज गरिसकेका छन ।


अमरगढी नगरपालिका–५ का स्थायी बासिन्दा रोक्काले गृहजिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा बुधबारदेखि जिम्मेवारी सम्हाल्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । रोक्काले जिल्लाबासीहरुको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने बताँउदै जिल्लामा शुशासन प्रवद्र्धनका साथै कानून प्रदत सेवा प्रदान गर्न प्रयत्नसिल रहने प्रतिकृया दिएका छन ।

You might also like