डडेल्धुरा-डोटी र डडेल्धुरा जिल्लाको भू भागभएर बग्ने रंगुननदी अन्तर्गत जलाधार क्षेत्रको संरक्षण, सम्वद्र्धन र दीगो व्यवस्थापनगर्न “रंगुनजलाधार स्तरीय जल सुशासन समितिको एकिकृत कार्यविधि २०८१” जारी गरी गर्न कार्यान्वय गर्न स्थानीय तह सहमत भएका छन ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यालयले आयोजना गरेको जलाधार सुशासन समितिको तेश्रो बैठकवाट कार्यविधि पारीत भएको हो । रंगुन जलाधार क्षेत्रको संरक्षण र विकास गर्न, जल सम्बन्धि विवाद समाधान, पानीको मुहानको संरक्षण, सिंचाई तथा जलाधार व्यवस्थापन, नदी र यसका जलाधार क्षेत्रको वातावरण स्वच्छता, वृक्षारोपण, सरसफाइ, फोहोर मैला व्यवस्थापन अभियान संचालन र नदीजन्य पदार्थहरुको उत्खनन व्यवस्थापन आदि जस्ता पक्षहरुको व्यवस्थापन गर्न यो कार्य विधि तयार गरी जलाधार क्षेत्रमा कार्यान्वयन गरीने कुरा परशुराम नगरपालिकाका नगर प्रमुख एवं जलाधार व्यवस्थापन समितिका अध्यक्ष श्री भरत वडायर जोशीज्यू ले जानकारी दिनुभयो ।

यसका साथै सार्वजनिक पूर्वाधारको निर्माणका क्रममा रंगुन जलाधार क्षेत्रको प्राकृतिक श्रोतको संरक्षणका लागि दिगो विकासको अवधारणा सहित हामी तिन वटै पालिकाको ऐक्यवद्धता रहेको कुरा पनि नगर प्रमुख जोशीले व्यक्तगर्नुभयो ।
तिन वटै स्थानीय तह अन्र्तगत एघार सदस्यीय सुशासन समिति, सल्लाहकार समिति, आवश्यकता अनुसार प्रत्येक ४ महिनामा बैठक तिन वटै तहले पालैपालो अध्यक्षतागर्ने जस्ता परिकल्पना उक्त कार्यविधिमा उल्लेख छन ।

आगामीदिनमा रंगुन जलाधार सम्बन्धी कुनै कार्य गर्न आवश्यक परेमा सहकार्य सहित संगै मिलेर कामगर्ने सम्बन्धमा प्रतिबद्ध रहेको कुरा कार्यक्रममा सहभागी स्थानीय साझेदार संस्था (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले बताउनुभयो । रंगुन जलाधार क्षेत्र अन्र्तगत स्थानीयतहहरु संगको समन्वय र सहकार्यमा अक्सफाम र रुडुकले संचालन गरेको जलाधार व्यवस्थापन परियोजनाले आवश्यक सहिजकरण सहयोग गरीरहेको छ ।

कार्यक्रममा जोरायल गा.पा.उपाध्यक्ष जमुना देबी बोहरा, प्रमुखप्रशासकिय अधिकृत, योजना अधिकृत, आलितालगाउपालिकाका तथा परशुराम न.पा.का वडा अध्यक्ष ज्युहरु, गैर सरकारी संस्था, नागरीक समाज, जलाधार क्षेत्र अन्र्तगतका विभिन्न खानेपानी, सामुदायिक बन, सिंचाई उपभोक्ता समितिका तिनिधिहरु, पानी तथा जलाधारको क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरु, अक्सफाम, रुडुक र ईमिको सहभागितामा रहेको थियो ।