डडेल्धुरा–सत्तारुढ नेपाली कांगे्रसको भगिनी संस्था नेपाल महिला संघको आसन्न महाधिवेशनको पुर्वसन्ध्यामा क्रियासिल सदस्यता वितरणका क्रममा डडेल्धुरामा धादँली
हुन थालेको छ ।

मौजुदा कार्यसमितिलाई पाखा लगाएर विधानविपरित मनोमानी ढंगबाट क्रियासिल सदस्यता वितरण हुन थालेको भन्दै नेपाल महिला संघ डडेल्धुरालाई अविलम्व सदस्यता वितरण रोक्न मागगर्दै मातहतका कार्यसमितिले संघको केन्द्रीय कार्यसमितिलाई पत्राचार गर्न थालेका छन ।
गत शनिबार नेपाल महिला सघं प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ की सभापति बिस्नादेवी गैरालको अध्यक्षतामा सम्पन्न बैठकले नेपालमहिला संघ डडेल्धुराले तहगत समितिलाई जानकारी नगराई मनोमानी ढंगले क्रियासिल सदस्यता वितरण गरिरहेकोले हचुवाको भरमाभईरहेको क्रियासिल सदस्यता वितरण कार्यतत्काल रोकेर सबै तहका समितिहरु सगँ समन्वय गर्दै विधान बमोजिम सदस्यता वितरण गर्न केन्द्रीय कार्यसमितिलाई पत्राचार गर्ने र पार्टी नेतृत्वलाई पनि जानकारी गराउने निर्णय गरेको थियो ।

बैठकको निर्णयानुसार संघको केन्द्रीय कार्यसमिति पत्राचारगर्दै पार्टीको डडेल्धुराजिल्ला कार्यसमिति, सुदूरपश्चिम प्रदेश कार्यसमिति र केन्द्रीय समितिलाई बोधार्थ जानकारी दिइएको सभापति गैरालले बताईन् ।
सोमबार नेपाल महिला संघ परशुराम नगर कार्यसमितिले पनि नेपाल महिला संघको अधिवेशन प्रयोजनका लागि वितरण गर्न लागिएका क्रियासिल सदस्यता संघको वडा र नगर कार्यसमितिलाई लत्याएर एकलौटी किसिमबाट वितरण गरिन लागेकोमा सम्वद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।
परशुराम नगर कार्यसमितिकी सभापति मञ्जदु देवी धामीले नेपाल महिला संघको केन्द्रीय कार्यसमितिलाई पत्राचारगर्दै नेपाल महिला संघको विधान २०५८ भाग २ दफा ४ को उपदफा ४ अनुसार वडा कार्यसमिति बाट सदस्यता वितरण र नविकरण गर्ने प्रावधान रहेकोमा वार्ड, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति मौजुदा रहेको अबस्थामा कार्यसमितिलाई भूमिका विहीन पारी मनोमानी
किसिमले क्रियासिल सदस्यता वितरण गरिएको प्रकृया अविलम्व रोकी विधिसम्मत रुपमा लैजाने व्यवस्था मिलाउन निर्देशन गर्न माग गरेकी छिन ।
नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा महिला संघको क्रियासिल सदस्यता वितरणमा मनोमानी र धादँली भइरहेको सन्दर्भमा जिल्लाभरिका अन्य स्थानीय तह र जिल्ला कार्यसमिति मातहतका सबै कार्यसमितिबाट विरोध भइरहेको नपोली कांगे्रस डडेल्धुराका एक पदाधिकारीले बताए । उनले नेपाली कांग्रेस डडेल्धुरामा पछिल्लो समय मौलाएको गुटबन्दीको प्रभाव भातृ संस्थाहरुमा पनि देखिन थालेकोमा चिन्ता ब्यक्त गरे ।
