डडेल्धुराको माउण्टेन विद्यालयमा विविध कार्यक्रम सम्पन्न

डडेल्धुरा-जिल्ला स्थित अमरगढी नगरपालिका वडा नं.५ बागबजारमा रहेको माउण्टेन ईंग्लीश मिडियम बोर्डिग स्कुल ले आज विद्यालयमा विविध कार्यक्रमका साथ कला, शिप, विज्ञान प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम तथा खाद्य मेला कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद जोशीको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशसभा सदश्य डा.तारा प्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख , जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेको विज्ञान प्रदर्शनीमा विद्यार्थी द्धारा तयार गरिएका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरिएको थियो भने कार्यक्रम स्थलमा राखिएको फुड स्टल पनि निकै आकर्षक रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरुले विज्ञान प्रदर्शनी तथा फुड स्टलहरु निकै चासोका साथ भ्रमण गर्नुभएको थियो ।
कार्यक्रको दौरान विद्यालयमा अध्ययनरत विधार्थिहरु लाई विभिन्न विद्यामा पुरस्कृत गरिएको थियो भने विद्यालय तथा समाजमा विशिष्ठ योगदान गर्नुहुने व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो ।
बिक्रम सम्बत २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल स्नातक सम्मको अध्यापन हुने गर्दछ ।

You might also like