
डडेल्धुरा-जिल्लाको अजयमेरु गाउँपालिका वडा नं.१ पुईलेकमा व्यवसायीक बेसार खेती सम्बन्धि दुई दिने तालिम आज बाट सुरु भएको छ ।
श्री शिखर समैजी बचत तथा ऋण सहकारी संस्था लीमीटेडको आयोजनामा संञ्चालन भइरहेको तालिम कार्यक्रममा अजयमेरु गाउपालिका वडा नं.१ का २४ जना महिला किसानहरुले सहभागीता जनाईरहेका छन् ।
एफसिए नेपाल र वुमन्स बैँकको सहयोगमा एकिकृत विकास समाज डडेल्धुराले संञ्चालन गरिरहेको गैर परम्परागत क्षेत्रमा महिला उद्यमसिलता विकास परियोजनाको तर्फ परिचालन गरिएको नवप्रवद्र्धन कोष अन्तर्गत उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो ।
सामुहिक रुपमा व्यवसायीक बेसार खेती गरी उत्पादन गरिएको बेसार सहकारीमा संकलन, प्रसोधन गरी बजारीकरण गर्ने योजना सहित सहकारीका सदश्यहरु लाई बेसार उत्पादन सम्बन्धि तालिम दिन लागीएको एकिकृत विकास समाज डडेल्धुराका उद्यम विकास अधिकृत नरेन्द्र बहादुर धामीले बताउनु भयो ।
तालिम पश्चात तालिमका सहभागीहरु लाई बेसारको विउ प्रदान गरी उत्पादनमा सहयोग गर्ने सहकारीका अध्यक्ष खडक सिँह विष्टले बताउनु भयो ।
तालिम कार्यक्रम लाई सहायक वागवानी विकास अधिकृत तारी सिँह ठकुराठीले सहजीकरण गरिरहेका छन् ।
