डडेल्धुरा-जिल्लाको अजयमेरु गाउँपालिका वडा नं.२ मा रहेका अजयमेरुकोट दरवारको उत्खनन तथा अध्ययन कार्य भईरहेको छ ।
अजयमेरु गाँउपालिकाको अनुरोध तथा सहयोगमा पुरातत्व विभागका ३ सदश्यीय टोलीले अजयमेरुकोट दरवारको उत्खनन तथा अध्ययन गरिरहेको हा ।
पर्यटन पूर्वाधार विकास शिर्षकमा अजयमेरु गाँउपालिकाले विनियोजन गरेको ९० लाख रुपैया मध्ये हाल लाई करिव १२ लाख रुपैया उत्खनन तथा अध्ययनको लागी छुट्याईएको गाउपालिकाले जनाएको छ ।
पुरातत्व विभागको टोली ३ हप्ताको समय लिएर आएको तथा यो उत्खननको क्रममा अजयमेरुकोट दरवारमा करिव एक दर्जन जति संरचनाहरुको पहिचान गरिएको र अहिले कोटमा रहेको मुख्य भवन लाई प्राथमिकतामा राखि उत्खनन र अनुसंन्धान भईरहेको पुरातत्व विभागका प्रमुख पुरातात्व अधिकृत तथा पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताउनु भयो ।
गाउपालिकाले यो वर्ष विनियोजन गरेको ९० लाख बजेट बाट उत्खनन तथा जिर्णाेद्धारको काम गरिने र आगामी वर्षका लागी प्रदेश सरकार, संघ सरकार र पुरातत्व विभाग लाई अनुरोध गरिने गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट विकास ले जानकारी दिनुभयो ।
३ हप्ताको समय लिएर आएको पुरातत्व विभागको टोली गाउँपालिकाको अनुरोधमा थप एक हप्ता अजयमेरुकोट मै बसेर उत्खनन तथा अध्ययन गर्ने गाउपालिकाले बताएको छ ।

You might also like