
डडेल्धुरा-जिल्लाको परशुराम नगरपालिका वडा.नं ४ कटाल, स्थित भागेश्वर माध्यमिक बिद्यालयको ५० औं बार्षिकोत्सव तथा अभिवाबक दिवसको आज तेस्रो दिन परशुराम नगरपालिका भरीका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । त्यसै गरी वडा नं. ४ का ९ जना महिला स्वास्थ्य स्वयम सेबिकालाई सम्मान गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)ले जानकारी दिनुभयो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शेरसिह माल (डायमण्ड)को अध्यक्षता नेपाल सरकारका पुर्व उप–प्रधान तथा गृहमन्त्री नारायन काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती)आईतवार फागुन ४ गते उदघाटन भएको थियो ।
