डडेल्धुरा—डडेल्धुरा स्थित किसान बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेडको आलिताल शाखाले आफ्नो ऋणी लाई सदश्य सुरक्षण कार्यक्रम अन्तर्गत विमा रकम हस्तान्तरण गरेको छ ।

आलितालगाउपालिका वडा नं.३ बण्डालेका कृष्ण सिँह धामीलाई विमा वाफतको ६ लाख २५ हजार रुपैया भुक्तानि गरिएको हो ।
किसान बहुउद्देश्यीय सहकारीका सदश्य गौरा देबी धामीको यही मंसिर २८ गते दुर्घटनामा परी निधन भए पछि ऋण लिदा सहकारी संस्थाले गरिदिएको विमा बाफतको रकम तथा अन्य सुविधाको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
आज सहकारीका सदश्य स्वर्गिय गौरा देबीधामीको घरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरि किसान बहुउद्देश्यीय सहकारी संस्थाका अमरगढी ईलाका प्रमुख भोज राज भट्टराई र आलिताल गाउपालिका वडा नं.३ का अध्यक्ष बल बहादुर बुढाले गौरा देवीका श्रीमान कृष्ण सिँह धामीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा किसान बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेडका तर्फबाट कर्मचारीहरुले सहकारीका विभिन्न योजनाका बारेमा प्रस्तुती गर्नुभएको थियो भने कार्यक्रममा वडा प्रतिनिधि, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा का कोषाध्यक्ष भक्त गाहामगर लगायतको उपस्थिती रहेको थियो ।
