डडेल्धुरा-जिल्लाको नवदुर्गा गाउपालिका वडा नं.४ को नवनिर्मित कार्यालय भवनमा स्थानियले हिजो राती तालावन्दि गरेका छन् ।
माघ २७ गते विधिवत रुपमा उद्घाटन गरिएको कार्यालय भवनमा हिजो राती तालावन्दि गरिएको स्थानिय खडक साउदले जानकारी दिएका छन् ।
वडा कार्यालय को समाग्रीहरु पुरानो भवन बाट नयाँ भवनमा सार्दा सोफा, कुर्सि, कार्पेट लगायतका सामाग्रीहरु जनप्रतिनिधि तथा कर्मचारीको घरमा लगिएको आरोप लगाउदै स्थानियले बिरोध स्वरुप कार्यालयमा तालाबन्दि गरेका हुन् ।
स्थानियले हिजो दिउसो बेलापुर प्रहरी कार्यालय लाई वडा कार्यालयको सामाग्रीहरु हिनामिना भएको कुरा सामाजिक संञ्जालहरुमा आए पनि पालिका सरकार बाट कुनै प्रतिकृया नआएको ले आवश्यक निकास तथा छानविन गरिपाउ भनि निवेदन पेश गरेका छन् ।