आलितालका जनप्रतिनिधि द्धारा आन्दोलन गर्ने चेतावनी

डडेल्धुरा–जिल्लाको आलिताल गाउँपालिकाका जनप्रतिनिधिहरुले एक प्रेश विज्ञप्ती निकाल्दै गाउपालिका अध्यक्ष शेर सिँह पार्किले गाउ कार्यपालिकाको सहमति विना काम गर्दै आएकोमा नसच्चिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
गाउँकार्यपालिकाको जम्मा १६ जना सदश्य मध्य ८ जना सदश्यले एक विज्ञप्ती निकाल्दै आर्थिक वर्ष ०८१÷०८२ को अर्धवार्षिक गाउँसभा बाट संसोधन गरिएका योजनाहरु गाउँपालिका अध्यक्षले कार्यपालिका सदश्यहरुको सल्लाह बिना आफु अनुकुल र आफ्नो पार्टिको कार्यकर्ता लाई सम्बोधन हुने गरी संसोधन गरिएको आरोप लगाएका छन् ।
विभिन्न ११ वटा बुदा सहित निकालिएको विज्ञप्तीमा आलिताल गाँउपालिका का ४ जना वडा अध्यक्ष र ४ जना अन्य कार्यपालिका सदश्यले हस्ताक्षर गरेका छन् ।
गत पुस ५ गते बसेको विषेश गाउँ अधिवेशनमा विभिन्न कार्यक्रम तथा बजेट संसोधन भएको तर रेडबुकमा आउदा आफु र आफ्ना कार्यकर्ता पायक पर्ने गरी ल्याएको आलिताल गाँउपालिका वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्ल आरोप लगाएका छन् ।
प्रदेश तथा संघिय सम्पुरक तथा बिशेष अनुदानका योजनाहरु कार्यपालिकामा छलफल नगरी गाउपालिका अध्यक्ष शेर सिँह पार्किले एकल निर्णयमा आफ्नो पार्टिले जितेको वडाहरुमा बाड्ने गरेको वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्ल आरोप लगाएका छन् ।
आरोपका बारेमा बुझ्न गाउपालिका अध्यक्ष शेर सिँह पार्कि लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसके पछी गाउपालिका उपाध्यक्ष मैना कुमारी रावल बोहरा संग बुझ्दा ति आरोपहरु झुटा भएको र हरेक योजनाहरु कार्यपालिकामा छलफल गरेर निर्णय गर्ने गरेको बताउनु भयो ।

You might also like