कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि

डडेल्धुरा-कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वर्षको वैशाख ११ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार, यो परीक्षा २४ गतेसम्म चल्नेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

You might also like