
डडेल्धुरा-डडेल्धुराको पुरानो विद्यालयहरु मध्येको एक मानिने शिद्दनाथ मध्यमिक बिध्यालयले आफ्नाृ ५० औं बार्षिकोत्सवको अवसरमाअभिवाबक दिवस एबम् स्वर्ण जयन्ती मनाउने भएको छ ।
५० औं बर्षमा प्रबेस गरेको अवसरमा बिध्यालयले शुदुरपश्चिम प्रदेश स्तरिय खुला पुरुष भलिवल प्रतियोगिता र सास्कृतिक कार्यक्रमको आयोजना गरिने बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एबं परशुराम नगरपालिका वडा नं.६ का अध्यक्ष खगेन्द्र बहादुर सिहले जानकारी दिनु भएको छ ।

फागुन १८ गते बाट सुरु हुने स्वर्ण जयन्ती कार्यक्रममा स्थानीय तथा राष्ट्रिय लोक,देउडा कलाकार, मोडल तथा डान्सरहरुलाइ आमन्त्रण गरिने उहाले जानकारी दिए ।
शुदुरपश्चिम प्रदेश स्तरिय खुला पुरुष भलिवल प्रतियोगिता को प्रथम पुरस्कार २ लाख , दोस्रो १ लाख र तेस्रो पुरुस्कार ५० हजार तय गरिएको छ । विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई समेत पुरुस्कृत गरिने बिध्यालयले जनाएको छ ।
स्वर्ण जयन्तीको अवसरमा शिक्षा क्षेत्रका विभिन्न ब्यक्ति र कार्यालय सम्मान, जमिनदाता, चन्दादाता सम्मान,महिला आमा समुहको देउडा प्रतियोगिता , बिध्यालयका अतिरिक्त कार्यक्रम समेत सञ्चालन गरि दिवस मनाइने विद्यालयले जनाएको छ ।
