भुमी समस्या समाधान आयोग डडेल्धुराले पायो पूर्णता

डडेल्धुरा-भुमी समस्या समाधान आयोग डडेल्धुराले पूर्णता पाएको छ ।
भुमी समस्या समाधान आयोग डडेल्धुराको अध्यक्षमा परशुराम नगरपालिकाका कैलाशकुमार पाण्डेयलाई नियुक्त गरिएसङ्गै आयोगमा गन्यापधुरा गाउपालिकाका ईन्द्रबहादुर महरा विज्ञ सदस्य र परशुराम नगरपालिकाका हरिप्रसाद भट्ट सदस्य नियुक्त भएका थिए ।
मंगलबार मात्र परशुराम नगरपालिकाकाकि मञ्जु धामीलाई सदस्य नियुक्त गरिएसंगै भुमी समस्या समाधान आयोग डडेल्धुराले पूर्णता पाएको हो । आयोगले पुर्णता पाइसकेकाले प्राप्त कार्यादेश अनुसार काम कारबाही अघि बढाइने अध्यक्ष पाण्डेयले बताए । आयोगमा नियुक्त पाण्डेय र धामी सत्तारुढ नेपाली काङ्ग्रेसबाट र महरा र भट्ट एमालेको सिफारिसमा नियुक्त भएका हुन ।

You might also like