सिकाई केन्द्र बन्न सक्छन डडेल्धुराका कृषि फर्महरु

डडेल्धुरा को गन्यापधुरा गाँउपालिकाको वडा नं.१ लकतडामा रहेको भागेश्वर कृषि तथा पशुपालन फर्ममा विगत ३–४ वर्ष देखी कृषि जेटिएका विद्यार्थिहरु ओजेटी अर्थात व्यवहारिक अभ्यासका लागी आउने गरेका छन् ।
कृषि जेटिएका विद्यार्थिहरुले आफ्नो शैद्धान्तिक कक्षा पश्चात केही निश्चित समयको लागी व्यवहारिक अभ्यास अर्थात ओजेटी गर्नुपर्ने हुन्छ जसका लागी विद्यार्थिहरु लाई विद्यालयले कृषि संग सम्बन्धित विभिन्न कार्यालय, संघ संस्था तथा ठुला ठुला कृषि फर्महरुमा पठाउने गर्दछ । पछिल्लो समय व्यवहारिक अभ्यास अर्थात ओजेटीका लागी डडेल्धुराका कृषि फर्महरु विद्यार्थिहरुको रोजाइमा पर्न थालेका छन् ।
पछिल्लो समय व्यवसायीक रुपमा संञ्चालन भइरहेका डडेल्धुराका कृषि फर्महरुमा धेरै विद्यार्थिहरु लाई व्यवहारिक अभ्यासका लागी ल्याउन सकिन्छ ।


विद्यार्थि संग भागेश्वर कृषि तथा पशुपालन फर्मको अनुभव
गन्यापधुरा १ लक्तडामा रहेको भागेश्वर कृषि तथा पशुपालन फर्ममा यो वर्ष बझांगको एक विद्यालय बाट ७ जना र सेती प्राविधिक शिक्षालय डोटी बाट १ जना गरी गरी जम्मा ८ जना विद्यार्थिहरु ओजेटीका लागी आएका छन् ।
२०७६ साल बाट सुरु भएको कृषि फर्ममा गत वर्ष डोटी तथा बझांगका २२ जना विद्यार्थि ओजेटीका लागी आएका थिए भने त्यो भन्दा अघिल्लो वर्ष १६ जना विद्यार्थिहरुले फर्ममा ओजेटी गरेका थिए ।
सरदर ६ महिनाका लागी ओजेटीमा आउने विद्यार्थिहरुका लागी भागेश्वर कृषि तथा पशुपालन फर्मले खाजा—खाना तथा बस्ने व्यवस्था निशुल्क  गरेकोे छ भने विद्यार्थिहरुको लागी ईन्टरनेटको सुविधा पनि उपलब्ध गराई दिएको छ ।

गन्यापधुरा गाँउपालिकाको वडा नं.१ लकतडामा रहेको भागेश्वर कृषि तथा पशुपालन फर्म

 

फर्म संञ्चालक तथा कर्मचारीहरु संग त्यहा आउने विद्यार्थिहरु परिवारको सदश्य जस्तै गरी ६ महिना वारीमा खटिन्छन् । फर्ममा वारी तयार गर्ने, विउ छर्ने, वेर्ना राख्ने, विरुवाको स्याहार गर्ने देखी उत्पादन पश्चात वजार सम्म पुगाउने काममा प्रत्यक्ष रुपमा संलग्न हुने विद्यार्थिहरु आफ्नो ओजेटीको समयमा खेती किसानीको एक सर्कल पुरै सिक्न पाउछन् ।
उसोत विद्यार्थिहरु बाहेक अन्य किसानहरु पनि आवासिय रुपमा सिक्न फर्ममा आउने गर्दछन् । तर विद्यार्थिहरु संगको बसाई केही भिन्दै हुने फर्म संञ्चालक प्रसाद दत्त अवस्थिको छ । ६ महिनाको बसाई पश्चात छुट्टिनुपर्दा विद्यार्थिहरु तथा फर्मका कर्मचारीहरु निकै भावुक भएर छुट्टिने गर्दछन भने विद्यार्थिहरु फर्किए पश्चात पनि भावनात्मक सम्बन्ध विस्तार भएका कारण कतिपय विद्यार्थि हरु लाई अहिले पनि फर्मको तर्फ बाट उनिहरुको फर्म स्थापना तथा संञ्चालनका लागी सहयोग गरिदै आएको अवस्थि बताउछन् ।

के-के हेर्न सकिन्छ ? डडेल्धुराका कृषि फर्म हरुमा

अमरगढी नगरपालिका वडा नं.११ को व्यवसायीक तरकारी खेती

सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रबिन्दुमा पर्ने डडेल्धुराका विभिन्न स्थानमा रहेका व्यवसायिक कृषि फर्महरु किसानहरुका लागी अवलोकन भ्रमण तथा सिकाई केन्द्र हुन सक्दछन् ।
पछिल्लो समय प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र डडेल्धुरा र विभिन्न पालिकाहरुले पकेट क्षेत्रको रुपमा बिकास गरीएको आलु पकेट क्षेत्र डडेल्धुरामा घुम्न आउने किसानहरुका लागी निकै महत्वपूर्ण हुन सक्दछ ।
डडेल्धुराको आलिताल र अमरगढीमा रहेका ठुला ठुला किवि फर्महरु, डडेल्धुरा सदरमुकाम नजिक तथा गन्यापधुरा गाउँपालिकामा रहेका च्याउ फर्महरु, डडेल्धुराका विभिन्न पालिकामा रहेका व्यवसायीक तरकारी फर्महरु, आलिताल मा रहेका माहुरी फर्म, भागेश्वर,गन्यापधुरा तथा अजयमेरुमा रहेका फलफुल फर्म त्यसै गरी डडेल्धुराका विभिन्न स्थानमा रहेका गड्यौले मल उत्पादन फर्महरु किसानका लागी घुम्नै पर्ने स्थान हरु हुन सक्दछन् ।
भित्रि मधेशका केही पशुपालन फर्महरु उन्नत गाई तथा भैसीका साथै कुखुरा र बाख्रामा चासो राख्ने किसानहरुको लागी घुम्न उत्तम हुन सक्दछ ।

के सहज छ त डडेल्धुराका कृषि फर्महरु घुम्न ?

आलिताल गाउँपालिका वडा नं.२ मा रहेको ध्रुब कृषि फर्ममा फलेको किवि

डडेल्धुराका प्रायः सबै व्यवसायीक कृषि फर्म सम्म सडक संञ्जाल जोडिएको छ । भौगोलिक रुपमा हेर्ने हो भने अधिकांस कृषि फर्महरु सहज स्थानमै रहेका कारण साना तथा ठुला सवारी साधन सहजै पुग्न सकिन्छ । अर्काे महत्वपूर्ण कुरा अवलोकन भ्रमणमा आउने अवलोकनकर्ताहरुको लागी डडेल्धुराका विभिन्न स्थानहरुमा खान तथा बस्नको सुविधा सहितका होटेलहरु भएका कारण गासबासको सहज उपलब्धता हुन्छ ।
निस्कर्ष

आलिताल गाउँपालिका वडा नं.८ मा रहेको व्यवसायीक तरकारी खेती

 

कृषिप्रधान देश भनेर चिनिने हाम्रो देशमा पछिल्लो समय गरी खाने किसान भन्दा चरि खाने किसान, खेतमा किसानी गर्ने भन्दा कागजमा किसानी गर्ने किसानहरु बढी रहेको सन्दर्भमा र किसानका लागी आयोजना गरिने अवलोकन भ्रमणहरुमा पनि किसान भन्दा गैर किसान र कृषि क्षेत्रको भ्रमण भन्दा मठ मन्दिर र अन्य पर्यटकिय क्षेत्रको भ्रमण गरी किसानको नाममा छुट्याईएको बजेटको दुरुपयोग गर्नु भन्दा डडेल्धुरामा रहेका विभिन्न व्यवसायीक कृषि फर्ममा किसानहरु लाई घुमाउन सके लाभदायक हुनेथियो की ?

 

You might also like