डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं.४ कटाल स्थित भागेश्वर माध्यमिक बिद्यालयको स्वर्ण जयन्तीको सम्पूर्ण तयारी पूरा गरेको छ ।
स्वर्ण जयन्तीको उद्घाटन फागुन ४ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नु हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिँह माल (डायमण्ड)ले जानकारी दिनुभयो ।
अध्यक्ष शेरसिह माल (डायमण्ड) का अनुसार कार्यक्रममा कलाकारहरू छत्र शाही, काँजल जोशी, विपना सिंह, शंकर मल्ल ठकुरी, सीता पुजारा, रमेश मल्ल, महेन्द्रराम पार्की मोडेल डान्सर पुष्पा बोहरा लगायतको पनि प्रस्तुति रहने छ।
महोत्सवको अवसरमा जेष्ठनागरिक सम्मान, शिक्षाको क्षेत्रमा विभिन्न तवरबाट सहयोग गर्नु हुने ब्यक्ति संघ , संस्था, कार्यालय, सम्मान, बिध्यालयका संस्थापक ,सम्मान र जमिनदाता अर्धकतको शालिक अनावरण, महिला,आमा समुहका डेउडा प्रतियोगिता समेत आयोजना गरि महोत्सव मनाइने भएको छ ।
५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा विद्यालयले सर्वाधिक धनराशिको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेतालाई तीन लाख रुयैयाँ, उप-विजेताले १ लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाण-पत्रसमेत दिइनेछ।
पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क सात हजार पाँच सय राखिएको छ।
खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क चार हजार तोकिएको छ।