सुर्यास्तमा सजिने कञ्चनपुरको दोधारा–चाँदनी झोलुंगे पुल

फोटोग्राफरः गणेश बहादुर मगर

दक्षिण एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल मानिएको दोधारा चाँदनी पुल सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा रहेकोछ ।

सामान्यतया महाकाली पुलको रूपमा पनि परिचित, पैदल यात्रीहरूको लागि निर्माण गरिएको एक झोलुङ्गे पुल हो। यो पुल महाकाली नदी माथि निर्माण गरिएको छ जसको लम्बाइ १४५२.५ मिटर रहेको छ ।


२०६१ सालमा महाकाली नदीमा बनाइएको पुल ले भीमदत्त नगरपालिकाकाई जोड्दछ । वडा नं.–१३ र महाकाली नगरपालिकाको वडा नं.–४ लाई जोड्दछ ।


यो पुलमा दैनिक करिव ३ हजारले आवत जावत गर्ने गरेको स्थानियहरु बताउछन भने देशका विभिन्न क्षेत्रमा कञ्चनपुर सम्म पुग्ने अधिकांस आन्तरिक पर्यटकहरु दोधारा–चाँदनी झोलुंगे पुल सम्म पुग्ने गर्दछन् ।


प्राय सुर्यास्तको बेला यो पुलको दृश्य निकै लोभ लाग्दो देखिन्छ ।

You might also like