सुदूरपश्चिमका एक मात्र स्वतन्त्र सांसद कुलमानको पार्टिमा

डडेल्धुरा-सुदुरपश्चिम प्रदेशमा डडेल्धुरा बाट स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गरिरहेका डा. तारा जोशी कुलमान घिसिंङ लगायतले खोलेको उज्यालो नेपाल पार्टिमा आवद्ध भएका छन् ।
गत साउन २७ गते मान बहादुर तामांगको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीले पूर्व उर्जा सचिव समेत रहेका अनुप कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति अद्यावधिक गर्दै नयाँ विवरण निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगमा बुझाइएको विवरणमा डडेल्धुरा बाट प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गरिरहेका डा. तारा जोशी लगायत विभिन्न क्षेत्रमा विज्ञता भएका व्यक्तिहरुको नाम समावेश गरिएको छ ।
ने.क.पा. एमालेका पूर्व जिल्ला अध्यक्षको भुमिकामा काम गरिसकेका डा.जोशी गत निर्वाचन अघि सम्म ने.क.पा. समाजवादीको केन्द्रिय सदश्यको भुमिकामा रहेका थिए ।
गत निर्वाचनमा पार्टिले मूल्यांकन नगरि टिकट नदिए पछी भने उनि स्वतन्त्र उम्मेदवारी बनी डडेल्धुराको प्रदेश नं.२ बाट सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रि गोविन्द बोहरा लाई पराजित गरि सुदूरपश्चिम प्रदेश सभा सदश्यको रुपमा निर्वाचित भएका थिए ।

पूर्व उर्जा सचिव समेत रहेका अनुप कुमार उपाध्यायको अध्यक्षतामा पुनगर्ठित उज्यालो नेपाल पार्टिले फालगुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने तयारी गरिरहेको छ ।
नयाँ उज्यालो पार्टिमा प्रवेश गर्नु अघि डडेल्धुरा तथा सुदुरपश्चिमका विभिन्न तहका व्यक्तित्वहरु संग परामर्श गरे पछी पार्टिमा जोडिने निर्णय लिईएको डा.तारा जोशी निकटका व्यक्तिहरुले जनाएका छन् ।

 

 

You might also like